कठुधारबाट लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोर पक्राउ

 

महोत्तरी । लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

शनिबार साँझ औरही नगरपालिका–४ कठुधारबाट नियन्त्रित लागूऔषध फेनारागन सहित १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रित लागूऔषध फेनारागन ५८ एम्पुल, नुर्फिन ६२ एम्पुल, डाइजेल्याब ६० एम्पुल र नाइट्राभेट १२ ट्याबलेट सहित गौशाला नगरपालिका(२ निगौल बस्ने १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश ०२–०२३ प ५७७१ नम्बरको स्कुटरलाई उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त लागूऔषध ओसारपसार गर्न लगाउने भक्तपुर सूर्यविनायक बस्ने काभ्रेपलाञ्चोक पनौती मुरारीखोला घर भएका ३३ वर्षीय प्रेम तामाङ र स्कुटर चालक आशिष चौधरीलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments