केन्द्रीय सदस्यको नागरिकतासहित आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकरमार नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने भएकाे छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले दावी गर्दै आएकाे याे समूहले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने भन्दै आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा अहिले १२ बजे भेला हुन भनिएको छ । नेकपाका ४४१ जना केन्द्रीय सदस्यमा १२९ मात्रै केपी ओली खेमामा रहेका र अन्य केन्द्रीय सदस्यहरू आफ्नो समूहमा रहेकाे दावी गर्ने प्रचण्ड-नेपाल समूह आज आयाेग जान लागेकाे हाे ।

गत पुस ५ गते सरकारले संसद् विघटन गरेलगत्तै नेकपा दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।

Facebook Comments