काठमाडौं ।नेपाली कांग्रेसका नेता एनपी साउदमाथि बैतडीमा भएको आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौँको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
मंगलबार बैतडीमा साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउदसहितका नेता कार्यकर्ता घाइते भएका थिए ।
मुलुकमा हत्या हिंसा हुदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।
Facebook Comments