कांग्रेस केन्द्रीय समिति बैठक २ बजे बस्ने, बैठक अगाडि पौडेल पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४औं महाधिवेशनको नयाँ मितिका लागि आज दिउँसो २ बजे बाेलाइएकाे बैठकअगाडि केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल गर्ने भएकाे छ।

बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेलले बैठक डाकिएको बताइएकाे छ। बैठकमा महामन्त्री डा. शशांक कोइराला पनि पुगेका छन्।

कांग्रेसले फागुन ७ बाट १४ औं महाधिवेशन शुरु गर्ने मिति तोकेपनि उक्त मितिमा महाधिवेशन गर्न नसक्ने निश्चित भएको छ । सोही विषयमा छलफल गर्न र नयाँ मिति तयका लागि कांग्रेसले केन्द्रीय समिति डाकेको हो।

 केन्द्रीय समिति बैठकमा एजेन्डा कसरी तय गर्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए।

Facebook Comments