काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले गत शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण लिएकाे हाे । प्रहरी स्रोतका अनुसार उनी सार्वजनिक पदमा रहेका व्यक्ति हन् । उनलाई अहिले बैतडी ल्याइएको छ।
स्रोतका अनुसार उनी २१ माघमा अपराधस्थल वरपरी देखिएका थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी स्राेतकाे दावी छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।
उनको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । तर उनले रुखबाट लडेर घाउ भएको दाबी गरेका छन् ।
Facebook Comments