थप १०४ जनामा कोरोना संक्रमण, १३१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।

यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हिजो नेपालमा ५७ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments