बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

दैलेख । बलात्कारकाे आरोपमा प्रहरीले एकजना जनप्रतिनिधीलाई पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा दैलेखकाे दुल्लू नगरपालिकाका–५ का वडासदस्य प्रकाश पोखरेल रहेका प्रहरीले जनाएकाे छ।

भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले बताएका छन् ।

अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.