कटुवा पेस्तोलसहित युवक पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षिय रामा साह भन्ने उपेन्द्र साह रहेका छन्  ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई र्सिसियाबाटै जाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

बी आर ५ ए ४६४७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भइ भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.