प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबार भित्रै सार्ने तयारी भएको छ ।

२०७२ वैशाखकाे भूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय पुन कार्यालय सिंहदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको हो ।

सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

स्राेतका अनुसार उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा रहनेछ ।

Facebook Comments