संसद विघटनविरूद्ध नागरिक समाजद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं । संसद विघटनविरूद्ध नागरिक समाजका अगुवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे कदम सच्चाउनुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा उनीहरुले विधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, बलात्कारीलाई कारवाही गर लगायतका प्लेकार्ड बोकेका थिए । विरोध कार्यक्रममा डा. गोविन्द केसीले संसद विघटन गरेर केपी शर्मा ओलीले नागरिक अधिकार खोसेको आरोप लगाए ।

आफ्नो स्वार्थका लागि मुलुकलाई नै संकटमा धकेल्ने प्रयास भएको भन्दै उनले ओलीको कदम सच्चिनुपर्ने बताए ।

Facebook Comments