संसद विघटनविरूद्ध हातमा साङ्लाे बाँधेर प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले हातमा साङ्ला बाँधेर संसद विघटनकाे विराेधमा प्रदर्शन गरेका हुन् ।

सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो ।

मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरिएकाे उनीहरूले जनाएका छन् । प्रदर्शनमा सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

Facebook Comments