असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्नेहरुको मुख थुन्न खोजियो : गगन थापा

काडमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने सरकारले त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका हुन् ।

उनले भनेका छन् ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.