घट्यो सुनचाँदीको मूल्य

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ९१ हजार रूपैयाँ निर्धारण गरिएकाे छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेकाे थियाे ।

Facebook Comments