ओलीले लोकतन्त्र समाप्त पार्न खाेजिरहेका छन् : देव गुरुङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडाैंमा गरेकाे कार्यक्रममा उनले भने ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ।’

ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।

उनले भने, “हामी सडकमा आइसकेका छौं। जबसम्म ओलीतन्त्र पतन हुँदैन, तबसम्म आन्दोलन रोकिनेछैन।”

उनले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नगरिएको बताउँदै उनले संसद विघटनको कल्पना गर्न नसक्ने गुरुङको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.