राष्ट्रपति भण्डारीद्वारा उत्तराखण्ड हिमनदी विस्फोटबारे दुःख व्यक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ भण्डारीले लेखेकी छन्, ‘यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच अझ बलियो समन्वय जरुरी देखिएको छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.