पूर्वन्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त

काठमाडाैं । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले स्व न्यायाधीश पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० साल फागुन ९ गते जन्मनुभएका पाण्डेले २०५१ साल माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभएको र २०५२ साल चैत ७ गते स्थायी पदमा नियुक्त हुनुभएको थियो । उहाँको २०५५ साल फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त हुनुभएको थियो ।

अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानूनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता हुनुहन्थ्यो । रासस

Facebook Comments