Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ राजनीतिक दल खोल्नका लागि गृहकार्य सुरु गरेका छन् । केपी शर्मा ओली सरकारका स्वास्थ्य मन्त्री रहेका त्रिपाठी निकट स्रोतका अनुसार उनी अहिले सर्वोच्चको निर्णय पर्खेर बसेका छन् ।
सर्वोच्चले संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी तीब्र बनाउने भएका छन् । ‘सर्वोच्चले पुनर्स्थापना गर्यो भने तत्काल काम अघि नबढ्ने स्रोत बताउँछ । तर संसद पुनर्स्थापना गरेन र देश चुनावमा जाने अवस्था आयो भने नयाँ पार्टीको घोषणा हुने त्रिपाठी निकट एक नेताले भने ।
त्रिपाठीले पुरानो तराइ मधेस लोकतान्त्रिक पार्टी व्युताउँने प्रयास पनि गरेका छन् । त्यसबेला उनी त्यस पार्टीका सहअध्यक्ष थिए । तत्कालिन तमलोपा सहित तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए ।
प्रतिनिधि सभाको चुनावको मुखमै उनले तत्कालिन राजपा छाडेको घोषणा गरे र सूर्य चिन्हबाट चुनाव लडे । तर पनि उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेनन् । यद्यपि उनले अझै पनि आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । ओली सरकारमा मन्त्री हुनुभन्दा पहिले उनले आफू निकट व्यक्तिहरुको भेला गरी नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । तर ओली सरकारमा मन्त्री भए पछि नयाँ पार्टी खोल्ने योजना तत्कालकोलागि रोकिएको थियो । मन्त्री हुनु अघि उनले अनामनगरमा सम्पर्क कार्यालय समेत खोलेका थिए ।
स्रोतका अनुसार व्रिजेश गुप्ता, अजय शाही, पशुपतिदयाल मिश्र लगायत नेताहरुले उनलाई साथ दिने भएका छन्। उनले जनता समाजावदी पार्टीका असन्तुष्ट नेता प्रदीप यादव, इस्तिायक राइ, रेणु यादव, बिमल श्रीवास्तव लगायतका नेताहरुसँग पनि कुराकानी अघि बढाएका छन् । लकडाउनको बेला झण्डै पार्टी फुटाउन लागेको जसपाको एउटा समुहसँग पनि उनले कुराकानी अघि बढाएका छन् । यसैगरी उनले जसपाको नेतृत्वबाट अपमानित गरिएको महशुस गरि रुष्ट रहँदै आएका नेता राजकिशोर यादवसँग पनि एक दुई चरण कुराकानी गरेका छन् ।




Facebook Comments