संसद विघटनको फैसला निर्वाचन पछि हुनसक्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संसद विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले निर्वाचन नहुने विषय कसैको आदेशमा र कानुनमा नभएको जिकिर गरे । साथै उनले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताए ।

‘अदालतको फैसला चुनाव अघि हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा बहस चलिरहेकाले लम्बिन पनि सक्छ ।’

मुख्यमन्त्री राईले निर्वाचन पछि अदालतले एकलाइनमा भन्नुपर्ने कुरा भन्नसक्ने बताउँदै निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.