भरुवा बन्दुक र गोलीसहित एकजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर राना रहेका छन् ।

सोमबार दिउँसो पक्राउ परेका रानाको घरको कोठाबाट १ थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ थान, एक राउण्ड गोली र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments