प्रदेश १ मा ओली समूहका सांसदहरुबाटै प्रदेशसभा बैठक अवरोध

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका थिए । उनीहरुले बैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन सकेन ।

ओली पक्षका सांसदहरुले संसदीय दलका नेताले निलम्बन गरेका १६ जना सांसदहरुलाई प्रवेश गर्न दिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।

Facebook Comments