काठमाडौं । संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाएर गत शुक्रबार रिट दायर गरेका थिए ।
पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतले आज टुंगो लगाउने छ । संवैधानिक अंगमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको थियो ।
त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन भएकाले सुनुवाइ पनि हुन नसक्ने भन्दै सक्कलै फाइल परिषदमै फिर्ता पठाइदिएका थिए । त्यसको दुई दिनपछि राष्ट्रपति भण्डारीले संवैधानिक अंगहरुमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
Facebook Comments