बीमालाई थप परिस्कृत र मर्यादित बनाउँछुः निवनियुक्त अध्यक्ष सिलवाल

काठमाडौं । बीमा व्यवसायलाई थप परिस्कृत, मर्यादित र आम नागरिककोबीचमा पुर्याउने प्रतिवद्धता व्यक्त भएको छ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले उच्च प्राथमिकताका साथ काम गर्र्ने जानकारी दिए ।

समितिको कार्यालयमा आज पदवबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निमूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे ।

समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्नको लागि काम गर्ने र नियमकले दिने निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने समेत बताए ।

बीमाको विस्तारको लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन अनुरोध गर्दै अध्यक्ष सिलवालले पहुँच विस्तार तथा कार्यक्रममा विविधता ल्याउन आग्रह गरे । आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पैसा भएकालाई भन्दा पनि झुपडीमा बस्ने गरिबले बीमा गर्न सक्ने वातावरण बनाउन आग्रह गरे।

कार्यक्रममा बीमा अभिकर्ता सङ्घका अध्यक्ष नन्दप्रसाद तिवारीले आम बीमितको हितमा बीमा समिति खरोरुपमा उत्रनुपर्ने बताए । उनले यस क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति रोक्नसमेत आग्रह गरे । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.