विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो।

विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सवोच्चले अदालतका रजिष्टार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको हो।

बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.