प्रधानमन्त्री ओलीको पुतला दहन

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आज चावहिलमा पुतला दहन गरेको हो ।

संसद विघटन तथा संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले पुतला दहन गरेको हो ।
संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेकोविरोधमा प्रचण्ड–नेपाल समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

Facebook Comments