काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगलीराज सुरु गरेको बताएका छन् ।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको सुरु भएको आभास भएको बताएका हुन् ।
‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौँ, तर आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, प्रचण्डको भनाइ छ ।
उनले बहिर्गमित जनमुक्ति सेनालाई ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको पनि बताए ।
Facebook Comments