काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् ।
देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।
आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने प्रचण्ड-नेपाल समूहले प्रष्ट पारेकाे छ । संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको प्रचण्ड-नेपाल समूहले जनाएकाे छ।
Facebook Comments