काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।
प्रमुख आयुक्त राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।
Facebook Comments