नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको आइतबार बसेको बैठकले रिक्त ४६ डीएसपी पदमा इन्स्पेक्टरहरुको बढुवा सिफारिस गरेको छ ।

डीएसपी बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा चिरन्जीवी दाहाल, रेशम बोहरा, भोलाकुमार भट्ट, सुरज कार्की, तर्कराज पाण्डे, रविन्द्रराज पाण्डे, कैलाश राई, गंगाप्रसाद पौडेल, मोहनमणि अधिकारी, लक्ष्मी भण्डारी लगायत छन् ।

डिएसपीमा बढुवा सिफारिस हुनेमा घुसकाण्डमा कारबाहीमा परेका इन्सपेक्टर रबिन बिष्ट पनि परेका छन् ।

बढुवा सिफारिसमा घुसकाण्डमा कारबाहीमा परेका इन्सपेक्टर रबिन बिष्टसहित केही बदनाम पनि छन् । केही इमान्दार अधिकृतहरु भने छुटेका छन् ।

Facebook Comments