Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
चितवन । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




Facebook Comments