Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उनले राजनीतिक भेटवार्ता बढाएका छन् ।
यसैक्रममा राजदूत बेरीले बुधवार विहान विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका हुन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिकाको पछिल्लो राजनीतिक विकासक्रम र आपसी हितका विषयमा कुराकानी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।




Facebook Comments