हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छन् : रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको बताए ।

उनले सवै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् । उनले प्रतिगमन विरुद्धका सवै आन्दोलनमा मेरो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् ।

Facebook Comments