‘नेकपा विवादकाे निर्णयले निर्वाचन आयोगकाे औचित्य पुष्टि गर्न बाँकी देखियाे’

भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन आयोगले नेकपा विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको बताए ।

‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्‍याउनु पर्ने हो,’ उनले भने, ‘आयोगले निर्णय नगरेर आफ्नै औचित्य पुष्टि गर्न बाँकी राख्यो ।’

Facebook Comments