‘अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति नेपालमा पनि पराजित हुन्छ’

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काभ्रे । नेपाली कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अदालतलाई धम्क्याउने प्रवृत्ति पराजित हुने बताएका छन् । बिहीबार काभ्रेमा भएको एक कार्यक्रममा बोल्ने पूर्वमन्त्रीसमेत रहेका रिजालले संसद विघटन प्रकरणमा अमेरिकाको उदाहरण दिँदै अदालतलाई धम्क्याउने प्रवृत्ति पराजित हुने बताएका हुन् । कार्यक्रममा उनले भने ‘अदालतलाई धम्क्याउने ट्रम्प प्रवृत्ति अमेरिकामा पराजित भयो, नेपालमा पनि पराजित हुन्छ।’

संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका रिजालले प्रधानमन्त्रीलाई ताजा जनादेशमा जाने बाटो राख्‍न आफूले प्रस्ताव गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रले विरोध जनाएको दाबी गरे । ‘५ वर्षको बीचमा ताजा जनादेशमा जान सकिने कही त बाटो राख्नुपर्छ भन्ने कांग्रेसको विचार थियो, तर तत्कालीन एमाले र माओवादीका नेताले नै विरोध गर्नुभयो,’ कांग्रेसको बनेपा वडा नम्बर ७ ले बनेपामा गरेको विरोध सभामा रिजालले भने, ‘कम्युनिष्टकै अडानका कारण प्रतिनिधी सभा विघटन गर्न नमिल्ने, २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने लगायतका विषय परेका हुन् ।’

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत कांग्रेसका केन्द्रीय सदस्य रिजालले संसद् पुनःस्थापना भएपछि बहुमत सिद्ध गर्न नसके सहमतिमा निर्वाचनमा जान आफूहरु तयार भएको बताए ।

Facebook Comments