संघीय राजधानी काठमाडौं बाहिर साराैं : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी बाहिर सार्ने प्रस्ताव गरेका छन्। उनले संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव सामाजिक सञ्जाल मार्फत गरेका हुन्।

अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न जिकिर गरेका हुन्। उनले भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका केही दशकमा कंक्रिट जंगल बन्ने र बस्न अयोग्य हुने भन्दै उपत्यकाबाहिर सार्नु पर्ने बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं!’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.