काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको मुद्दामा बहस सुरु भएको छ । सर्वोच्चको गत शुक्रबारको आदेशअनुसार आजबाट प्रतिनिधि सभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुनेछ ।
आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ । अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ ।
यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
Facebook Comments