काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दैछ।
आज दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।
सबै प्रदेशमा भेला सकिएपछि माघ २ गतेदेखि विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्ने प्रचण्ड-नेपाल समूहले जनाएको छ।
Facebook Comments