काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै संविधानका धाराहरु पढेर प्रदर्शन गरेका छन् ।
युवाहरुले मंगलबार माइतीघर मण्डलामा ‘म्याग्निफाइङ ग्लास’ लिएर नेपालको संविधानका धाराहरु पढेर प्रदर्शन गरेका हुन् ।
संविधानका जुन धारा प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका छन् ती धारा ‘म्याग्निफाइङ ग्लास’ लगाएर हेर्दा पनि नभेटिने भन्दै युवाहरुले व्यंग्यात्मक रुपमा प्रदर्शन गरेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको अहिले विरोध भइरहेको छ ।
संसद पुनर्स्थापनाको माग गर्दै परेमा रिटमा सर्वाेच्च आदातलमा विचराधिन अवस्थामा छन् ।
Facebook Comments