काठमाडौं । मंगलवार सुनको मूल्य तोलामा ६ सयले बढेकाे छ । सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियो ।
आज मूल्य बृद्धि भइ प्रतितोला ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।
सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments