राजेन्द्र महतोलाई कालो झण्डा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झण्डा देखाइएकाे छ। उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

चुनावभन्दा अघि शहीदको परिवारलाई ५० लाख रूपैयाँ दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।