सेनाका जवानमाथि कुटपिट गर्ने अधिकृतलाई कारबाही

काठमाडौं । नेपाली सेनाको सैनिक अदालतले कंगोमा जवानमाथि कुटपिटमा संलग्न अधिकृतलाई कारबाही गरेको छ । कारबाही हुनेमा तीन जना अधिकृत रहेका छन् भने ६ जना अन्य दर्जाका रहेका छन् ।

तल्लो दर्जाका सैनिक अधिकृतहरुलाई कुटपिट गर्ने तीन जना सैनिक अधिकृतहरुलाई एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ । गत असोज ८ गते कंगोमा सह–सेनानी इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको थियो ।

कंगोमा भएको घटनापछि नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैनिक आचारसंहिता अवज्ञा गर्नेलाई कारबाही गर्ने जनाएको थियो ।

Facebook Comments