झुटो विवरण पेस गरेर नागरिकता लिने महिला पक्राउ, सिफारिस गर्ने वडाध्यक्ष फरार

धरान । इलाका प्रहरी कार्यालय धरानले झुटो विवरण पेस गरेर नागरिकता बनाएकाे अभियाेगमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ-३ घर भएकी मञ्जु क्षेत्री रहेकी छिन् । उनले धरान-९ बाट सिफारिस लिएर दुई वर्षअघि नागरिकता बनाएकाे खुलेकाे छ ।

उनलाई नागरिकताको लागि सिफारिश गर्ने वडाध्यक्ष रत्न कटवालविरुद्ध धरान प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको छ।  वडाध्यक्ष कटवाल भने फरार भएका छन्।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी आएको पुष्टि गरे। उनले भने,‘स्याङजाको महिलालाई झुटो विवरण पेस गरेको आधारमा नागरिकता दिलाएकोबारे अनुसन्धान भइरहेको छ, अदालतबाट वडाध्यक्षलाई पक्राउ पुर्जी आएको छ।’ डिएसपी बस्नेतका अनुसार पक्राउ पुर्जी हिजो जारी भएको हो।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.