१५ हजार घुस लिने इन्सपेक्टर निलम्बित

काठमाडौं । १५ हजार रुपैयाँ घुस लिने नेपाल प्रहरीका एक इन्सपेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहले बुधबार निलम्बन गरेको हो ।

गत आइतबार महागरीय प्रहरी परिसर काठमाडौंले उनलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । सवारी ज्यान मुद्दामा उनले यातायात समितिसँग पैसा लिएका थिए ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरिएको हो ।

Facebook Comments