काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएकाे बताएका छन् ।
संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका हुन् ।
वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताउँदै उनले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’
उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’ संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।
Facebook Comments