अखाद्य वस्तु बेच्ने आँगन स्वीट्सलाई उन्मुक्ति !

काठमाडौं । डिआइजी ठग्ने आँगन स्वीट्सलाई उन्मुक्ति दिने चलखेल भइरहेकाे छ। गत सोमबार नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएपछि खुसी साट्न बढुवा भएकामध्ये डा. देवबहादुर बोहराले आँगन स्वीट्सबाट किनेकाे मिठाइमा नङ भेटिएकाे थियाे ।

लगत्तै एसएसपी बोहराले काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई फोन गरेर पसलमा छापा हान्न लगाएका थिए । कमलपोखरी वृत्तको टोली मिठाइ पसलमा पुग्यो । तर, यससम्बन्धि छानबिन र कारबाहीको अधिकार प्रहरीको नभएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जानकारी गराइयो ।

विभागले आएर निरीक्षण गर्दा सढेगलेको पिठोबाट मिठाई बनाउने गरेको खुल्यो । त्यो पिठो नष्ट गर्न लगाइयो र नमूना लियो । अहिले पनि त्यो मिठाइपसल चलिरहेकै छ । कुहिएको पिठोबाट बनेको मिठाई बिक्रि भइरहेको छ ।

यो घटनाले नेपालमा उपभोक्ताहरु कति निरीह छन् भन्ने प्रष्ट हुन्छ । लड्डुमा मिठाई भेटिएको र कुहिएको पिठो प्रयोग हुने प्रष्ट हुँदा समेत त्यस्तो पसल निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ ।

नमुनाको रिपोर्ट नआएको भन्दै कारबाही समेत भएको छैन । ५/१० हजार रुपैयाँ जरिवाना गरेर आँगन स्वीट्सलाई उन्मुक्ति दिने खेल भइरहेको छ ।

Facebook Comments