काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल दरुण दलले प्रनिधिसभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण जिल्ला समिति र साे अन्तर्गतका तहलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ।
प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको हो ।
Facebook Comments