१२ दिनदेखि बालक बेपत्ता

बागलुङ । बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ ।

बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि बेपत्ता भएको रोशनकी आमा दुर्गा विश्वकर्माले जानकारी दिए । “दुई दिन साथीकामा बसेर घर आएपछि कहाँ गएर आएकोभन्दा उल्टै पैसा मागेको थियो”, उनले भने, “त्यसपछि उल्टै मलाई गाली गर्दै घरबाट निस्केको हो, अहिलेसम्म सबै आफन्तकामा खोजी कार्य गर्दासमेत भेटिएको छैन ।”

आफ्नो छोराको खोजीमा सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ । कक्षा ९ पास गरेपछि बन्दाबन्दी भएका कारण रोशन कक्षा १० मा अध्ययनका लागिसमेत गएका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा फोटोसहितको विवरण खुलाएर खोजीमा सहयोग गर्न निवेदन दिइएको छ । छोरा साथीको सङ्गतले कुनै गलत बाटोमा लाग्छ कि भनेर सम्झाइबुझाई गर्दा उल्टै बेपत्ता बनेको आमा दुर्गा विश्वकर्माको भनाइ छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.