नेकपा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलमा १२ सदस्य थपिए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकले पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको छ।

सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोलीमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टोलीले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारे तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए ।

त्यसैगरी बैठकले सरकारको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समिक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.