प्रचण्ड-नेपाल समूहले गुरुङ र पाेखरेललाई प्रदेश इन्चार्जबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेशको इन्चार्जलाई हटाउने निर्णय गरेको छ।

सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई हटाउने निर्णय गरेको हाे  ।

पोखरल र गुरुङको ठाउँमा स्थायी कमिटी सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी पनि दिइएको नेकपा प्रचण्ड-नेपाल समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश कमिटी गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।

Facebook Comments