नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

Madhav Kumar Nepal photo:Kiran Panday

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएकाे छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक जारी छ । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड साेमबार भारत गएका छन्।

बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ। साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन।

विशेषगरी प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकले ८ एजेण्डामा छलफल गर्ने बताइएकाे छ। ‘माधव नेपाल अध्यक्ष भएपछि पहिलोपटक औपचारिक रुपमा पार्टी कार्यालयमा सुरु भएको बैठकले संसद विघटनबारे संघर्षका कार्यक्रम, केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभार लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ।

आइतवारको बैठकमा माधव नेपालले ओलीसँगको सम्बन्ध तथा ओलीबाट भएको पार्टीको विधान विपरीतका क्रियाकलापबारे स्थायी कमिटी सदस्यलाई जानकारी गराएका थिए। बैठकले पार्टी एकता टुंग्याउन तथा नेताहरुको कार्यविभाजनका लागि माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। अध्यक्ष प्रचण्ड र नेपालले आइतवारको बैठकलाई सम्बोधन गरेका थिए।

Facebook Comments