काठमाडौं । प्रहरीले अस्पताल ताेडफाेड गरेकाे आराेमा १७ जनालाई पक्राउ गरेकाे छ । काठमाडाैंकाे कीर्तिपुरमा रहेकाे मोडल अस्पतालमा तोडफोड गरेकाे भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले दिएकाे जानकारी अनुसार धादिङ घर भएकी एक नवजात शिशुको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल भइरहेकाे छ।
Facebook Comments